समानुपातिकको सुचि सच्याउन यी ६ दललाई पत्र काटियो, पुनः त्रुटी देखिए कारवाही गर्ने आयोगको चेतावनी

Visionkhabar
प्रकाशित मितिः मङ्लबार, पुस १८, २०७४  || 231 Views   ||   |  


काठमाडौं । निर्वाचन आयोगले प्रदेशसभातर्फ समानुपातिक उम्मेदवारको सूची सच्याउन बिभिन्न राजनीतिक दलहरुलाई पत्राचार गरेको छ । समानुपातिकको सुचि बुझाउँदा मनपरी गरेको भन्दै नेपाली काँग्रेस सहितका ६ राजनीतिक दलहरुलाई पत्राचार गरेको हो ।

आयोगले नेपाली कांग्रेस, राजपा, संघीय समाजवादी फोरम नेपाल, राप्रपा, राष्ट्रिय जनमोर्चा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई मंगलबार पत्राचार गरेको छ । आयोगले पत्रमा उल्यख गरे अनुसर यी राजनीतिक दलहरूले २० गते भित्र सूची सच्याएर आयोगमा बुझाइसक्नु पर्ने छ ।

यस अघि दलहरुले आयेगमा सूची बुझाउँदा समावेसी नभएको, महिलाको ठउँमा पुरुष राखेको लगायतका समस्या देखिएकाले संशोधित सूची बुझाउन पत्रमा भनिएको छ । २० गतेसम्म सच्चीएर नआए वा पुनः त्रुटी देखिए ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाइने आयोगले चेतावनी दिएको छ ।