शेरबहादुरले विश्राम नलिए गगन थापाले हस्तक्षेप गर्ने
तत्कालै पदत्याग गर्न र कांग्रेसको विशेष महाधिवेशन बोलाउन माग

visionkhabar
प्रकाशित मितिः आइतवार, मंसिर २४, २०७४  || 364 Views   ||   |  
फाइल फोटो

२४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवं सांसद गगन थापाले शेरबहादुर देउवालाई स्वेच्छाले पार्टी सभापतिबाट विश्राम लिन र केन्द्रीय सदस्यमात्रै भएर बस्न आग्रह गरेका छन् । स्वेच्छाले जिम्मेवारी त्याग नगरे साथीहरुसँग मिलेर पार्टीभित्र हस्तक्षेप गरिने थापाले चुनौतीसमेत दिएका छन् ।

विशेष अन्तरवार्तामा सांसद थापाले अब कांग्रेस पार्टी टालटुले सुधारले नचल्ने बताए । आफूले पार्टीमा नयाँ बहस चलाउन चाहेको भन्दै उनले भने- ‘म उहाँहरु – शेरबहादुर र रामचन्द्रलगायतका नेताहरु लाई असफल हुनुभयो भन्दिनँ, उहाँहरुको समय सकियो भन्छु । शेरबहादुर देउवा, रामचन्द्र पौडेलहरुले नै पार्टी चलाउनुपर्छ भनेर बसिरहने हो भने हामी काहीँ पनि पुग्दैनौं ।’

युवा नेता थापाले तत्कालै नेपाली कांग्रेसको विशेष महाधिवशेन बोलाउन समेत माग गरे । चुनावको मतपरिणाम आउनासाथ शीर्षनेतृत्व आफै जिम्मेवारी त्याग गरेर अर्को पुस्तालाई हस्तान्तरण गर्नुपर्ने थापाले बताए ।

थापाले अगाडि भने, ‘नेताहरुले सकेसम्म आफ्नो ठाउँबाट सोच्नुहोस् । मान्नुभएन भने साथीहरुसँग मिलेर संगठित हस्तक्षेप गर्ने प्रयास गर्छु । उहाँहरुले छोड्नैपर्छ । अहिलेको नेतृत्वले विश्राम लिनैपर्छ ।’

तपाई विगतमा नेविसंघमा लागिरहँदा नेपाली कांग्रेस ठूलो पार्टी थियो । अहिले सानो कित्तामा आइपुग्दा कस्तो महसुस भएको छ ?

दुख नलाग्ने भन्ने कुरै भएन । आफ्नो विजयमा भित्रैबाट खुशी हुनुपर्ने कुरा हो, तर, भित्रैबाट खुलेर हाँस्न र खुशी हुने अवस्था बन्न सकेन । तर, समानुपातिक तर्फको मत परिणाम नआउँदासम्म केही भन्न सकिँदैन । किनभने, कांग्रेसका मतदाता घटेका हुन् कि हैनन् रु यो हेर्न बाँकी छ । अहिले कांग्रेसका मतदाता घटेका भन्दा पनि एमाले र माओवादीको मत जोडिएको पो हो कि रु

हाम्रो आँकलन माओवादीले सूर्यमा भोट हाल्दैनन् र एमालेले हाँसिया हथौडामा भोट हाल्दैनन् भन्ने थियो । तर, हाम्रो त्यो आँकलन गलत सावित भयो ।

हामीले निर्वाचनअगाडि के भनिरहेका थियौं भने एमालेका थुप्रै मतदाताहरुलाई हामी आफूतिर आकषिर्त गर्छौं । र, माओवादीका मतदातालाई हामीले आफूतिर ल्याउँछौं भनेका थियौं । यसमा हामी पूर्णरुपमा असफल भयौं । किनभने उनीहरुले हामीलाई मत हाल्नुपर्ने कारणै बनाउन सकेनौं ।

हामीले एउटै कुरामात्रै भन्यौं कि यी पार्टीहरु आए भने मुलुकमा अधिनायकवाद आउँछ । वर्षैदेखि त्यही पार्टी, त्यही नेतालाई विश्वास गरिरहेकालाई हामीले देखाएको अधिनायकवादको जुन दृश्य थियो, त्यसले हामीतिर आकषिर्त गर्नुपर्ने कारणै थिएन । हाम्रो नेतृत्वसँग त्यो चार्म पनि थिएन । हाम्रो नेतृत्वसँग विश्वास पनि थिएन । आकर्षण पनि थिएन । अनि हामीसँग कुनै एजेण्डा पनि थिएन ।

नेपाली कांग्रेसले हामीले जित्यौं भने यो यो काम गर्छौं भन्नु%A